
१. स्वामित्व: यस वेबसाइटमा राखिएका पाठ्यसामग्री, किताब, अध्याय तथा अन्य कन्टेन्टहरू इन्टरनेटमा निःशुल्क रूपमा उपलब्ध सामग्रीबाट सङ्कलन गरिएका हुन्। ती कन्टेन्टमा मेरो (Pratik Adhikari) कुनै स्वामित्व, लेखकत्व वा अधिकारको दाबी छैन। ती सामग्रीको सम्पूर्ण श्रेय र अधिकार सम्बन्धित मूल लेखक, सम्पादक, प्रकाशक तथा स्रोतहरूमा नै निहित छ। यहाँ मेरो मात्र वेबसाइटको डिजाइन र कोड हो।
२. उद्देश्य: यो वेबसाइट कुनै नाफा कमाउने वा व्यापारिक उद्देश्यले बनाइएको होइन। यसको एकमात्र उद्देश्य शास्त्री विद्यार्थीहरूलाई इन्टरनेटमा यताउता छरिएर रहेका अध्ययन-सामग्री एकै ठाउँमा, मोबाइलमै सजिलै पढ्न मिल्ने गरी उपलब्ध गराउनु हो, ताकि विद्यार्थीको पढाइ सहज होस्।
३. सम्मान: मूल लेखक, विद्वान् तथा प्रकाशकहरूको मेहनत र योगदानप्रति म हृदयदेखि आदर र कृतज्ञता व्यक्त गर्छु। कुनै सामग्रीको श्रेय छुटेको वा गलत भएको भए जानकारी दिनुहोला, सच्याइनेछ।
४. पाठकका सुधार: कुनै पाठकले अध्यायमा शब्द सच्याएमा त्यो उसकै फोनमा देखिन्छ, र जाँचका लागि एडमिनलाई पठाइन सक्छ। त्यसमा कुनै नाम, इमेल वा व्यक्तिगत विवरण लिइँदैन — सच्याइएको शब्द र त्यसको ठाउँ मात्र।
५. सामग्री हटाउन चाहनुभए: यदि तपाईं कुनै सामग्रीको मूल लेखक, प्रकाशक वा अधिकारधारक हुनुहुन्छ र तपाईंको सामग्री यहाँ राखिएको मन पर्दैन भने कृपया सिर्जनाकारलाई सम्पर्क गर्नुहोस् (तलको "सिर्जनाकार" खण्ड वा मेनुको "हामीलाई फलो गर्नुस्" मा दिइएका माध्यमबाट)। सम्पर्क गर्दा यी कुरा खुलाउनुहोला:
जानकारी प्राप्त भएपछि जाँचेर सम्बन्धित सामग्री यथाशीघ्र हटाइनेछ (वा तपाईंले चाहेअनुसार श्रेय थपिनेछ)। कुनै विवाद वा असजिलो मान्नुपर्ने कुनै कारण छैन, मेरो नियत केवल विद्यार्थीलाई सहयोग गर्नु हो।
In short: The content on this site is collected from freely available internet sources. I claim no ownership of it; all rights and credit belong to the original authors and publishers. This is a non-profit project made only to help Shastri students read their study material more easily. If you are the rights holder and want any content removed or credited differently, please contact the creator with the title/link of the content and a way to reach you, and it will be removed promptly. Only the website's design and code are mine.